Dashain Banner
Dashain Banner

दिनप्रतिदिन तापक्रम घट्दो र चिसो बढ्दो, कस्तो हुन्छ आजको मौसम ?

शनिबार, असोज २५, २०८२

दिनप्रतिदिन तापक्रम घट्दो र चिसो बढ्दो छ। यसै क्रममा आज (शनिबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियसमा झरेको हो। 

यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे सार्वजनिक हुन्छ। त्यतिबेला अहिलेको भन्दा तापक्रम थौरै घट्न पनि सक्छ अथवा यत्ति नै रहन पनि सक्छ।

हिजो शुक्रबार उपत्यकाको न्यूनतम १५.६ डिग्री सेल्सियस थियो भने बिहीबार १७.४ डिग्री सेल्सियस थियो।

मौसम महाशाखाका अनुसार मनसुन हिजो असोज २४ गते (२०२५ अक्टोबर १० तरिख) पूरै नेपालबाट बाहिरिसकेको छ। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

आज मौसम यस्तो हुने प्रक्षेपण छ:

आज दिउँसो : कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाड भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ। कोसी प्रदेशको पहाड भूभागका एक-दुई स्थान हल्का वर्षाको सम्भावना छ।

आज राति : कोसी प्रदेशको पहाड भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ।

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्