सोसल मिडिया
युनिकोड
काठमाडौं प्रहरीले बिहीबार बिहानैदेखि उच्च सतर्कता अपनाएको छ । जेनजी समूहका विभिन्न टिमले प्रदर्शन गर्ने तथा नेकपा (एमाले)ले समेत भक्तपुरमा बिहीबार नै कार्यक्रम गर्ने तालिका राखेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
काठमाडौं प्रहरीले सम्भावित घटना रोक्न सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । माइतीघर मण्डलादेखि थापाथली र विभिन्न चोकमा प्रहरीको टोली परिचालन गरिएको छ ।
प्रहरी अधिकारीका अनुसार सात हजारको हाराहारीमा प्रहरीको टोली परिचालन गरिएको छ । प्रहरीबाहेक सशस्त्र प्रहरी बलको टोलीसमेत खटाइएको छ ।