सोसल मिडिया
युनिकोड
पहिरोले पटक पटक अवरुद्ध बन्दै आएको मुग्लिङ–नारायणगढ सडक आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।
तुइन खोलाको पहिरो हटाइएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको हो ।
अझैपनि ठाउँ ठाउँमा ससाना पहिरो र ढुङ्गा खस्नेक्रम भने रोकिएको छैन । त्यसैले यात्रामा सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको छ ।