बाढी पहिरोमा परी इलाममा १८ जनाको मृत्युको पुष्टि, अझै बढ्ने सम्भावना 

आइतबार, असोज १९, २०८२

बाढी पहिरोमा परी इलाममा १८ जनाको मृत्युको पुष्टि भएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गए पनि अहिलेसम्म १८ जनाको पुष्टि भएको छ।

इलामको सूर्योदय नगरपालिका वडा नम्बर १  मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ। माङ्सेबुङ गाउँपालिका १ पाटी गाउँमा ३ जनाको मृत्यु भएको छ।

देउमाई नगरपालिका ५ ढोरेमा १ जना,  देउमाई नगरपालिका ५ धुसुनेमा २ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै फाकफोकथुम गाउँपालिका रातमाटेमा १ जना, इलाम नगरपालिका घोसगाउँमा ६ जनाको मृत्यु पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।

त्यस्तै माङ्सेबुङ गाउँपालिका १ मा एक जना गर्भवती सहित २ जना गम्भीर भएपछि उनीहरूको उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको  तर मौसम खराबका कारण समस्या भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १०:५०
प्रतिक्रिया दिनुहोस्