Dashain Banner
Dashain Banner

अविरल वर्षाका कारण त्रिभुवन विमानस्थलको आन्तरिक उडान अहिलेलाई बन्द

शनिबार, असोज १८, २०८२

गएरातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन विमानस्थलको आन्तरिक उडान अहिलेलाई बन्द गरिएको छ। लगातारको वषाले उडान गर्ने अवस्था नभएपछि शनिबार बिहानबाट १० बजेसम्मका लागि आन्तरिक उडान बन्द गरिएको विमानस्थलले जनाएको छ।

त्यसपछि मौसम हेरेर उडान सुरू गर्ने कि नगर्ने भनेर निर्णय गरिने सूचना विमानस्थलले सबै हवाई सेवा कम्पनीहरूलाई दिइसकेको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म पानी परिरहने अनुमान गरेको छ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ०९:४४
प्रतिक्रिया दिनुहोस्