Dashain Banner
Dashain Banner

बडादशैंअन्तर्गत टीकाको तेस्रो दिन पनि धमाधम टिका लगाइदै 

शनिबार, असोज १८, २०८२

बडादशैंअन्तर्गत टीकाको तेस्रो दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतिक रातो टीका र जमरा लगाउने क्रम जारी छ। आश्विन शुक्ल द्वादशीका दिन पनि  मान्यजनका घरमा गएर नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहेको हो।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम पूर्णिमासम्म जारी रहने गरेको छ। मान्यजन टाढाटाढा हुने आफन्त आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन्। 

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र टीका र जमरा लगाउने प्रचलन रहेको छ। मौसम विभागले भारी वर्षासँगै सडक अवरुद्ध हुने भएकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न सुझाव दिएको छ।
 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्