सोसल मिडिया
युनिकोड
पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक खुलेको छ। जवाङ खोलामा खसेको पहिरो हटाएर यातायात खुलाइएको सडक डिभिजन भरतपुरले जनाएको छ।
तुइनखोला पुलनजिक खसेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडकमा भने एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ।
हेर्नुहोस् सूचना:
मिति- २०८२/०६/१८ गते शनिबार समय- बिहान ७:१० बजे। मुग्लिन-नारायणगढ सडकखण्डमा पानी परिरहेको छ, तुइनखाेला पुलनजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी सञ्चालनमा रहेकाे छ। पानी परिरहेको र यस खण्डमा जोखिम बढेकोले अति आवश्यक अवस्थाबाहेक यात्रा नगर्नुहुन र गर्नैपर्ने भए कृपया जानकारी लिएर सुरक्षा निकायकाे समन्वयमा मात्रै सावधानीपूर्वक सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण यात्रु महानुभावहरूलाई हार्दिक अनुराेध गर्दछौँ।
मुग्लिन-नागढुंगा सडकखण्डको जवाङ खाेलानजिकै खसेको पहिरो हटाई हाल आवागमन सुचारु भैसकेको छ।
- सडक डिभिजन भरतपुर