Dashain Banner
Dashain Banner

परम्परागत विधि अनुसार आजै नयाँ कुमारीलाई आसन ग्रहण

मंगलबार, असोज १४, २०८२

नयाँ कुमारीका रूपमा छनोट गरिएकी काठमाडौं इटुम्बहालकी साढे दुई वर्षकी आर्यतारा शाक्यलाई आज आसन ग्रहण गराइदै छ । मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेको बीचमा आर्यतारालाई कुमारीको आसन ग्रहण गराइने भएको छ । साथै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने कार्यक्रम रहेको छ ।

परम्परागत विधि अनुसार अब आर्यतारा शाक्यलाई नयाँ कुमारीको रूपमा चयन गरिएको थियो । उनी आज हुने विशेष समारोहपछि उनी कुमारी घरमा विराजमान हुनेछन् र परम्परा अनुसार पूजा–आराधना गरिनेछ ।

शाक्य महाविहार संघले शहरका १५ बहालहरुमा पत्र पठायो, नामहरू संकलन भए, परिवारहरूको आशा बढ्दै गयो । अन्तिममा मापदण्ड पास गर्ने केवल तीन नानी बाँकी रहेका थिए । अनि गुठी संस्थान, पञ्चाङ निर्णायक समिति र परम्परागत विधि अनुसार, आर्यतारा शाक्यलाई नयाँ कुमारीको रूपमा घोषणा गरिएको थियो ।

आर्यतारा शाक्य अनन्त शाक्य र प्रतिष्ठा शाक्यकी छोरी हुन् ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  ०९:१४
प्रतिक्रिया दिनुहोस्