जेनजी प्रदर्शनका घाईते राईको उड्यो प्राण, मृतकको संख्या ७६ पुग्यो 

सोमबार, असोज १३, २०८२

जेनजी प्रदर्शनका क्रममा घाइते थप एकजनाको निधन भएको छ । योसँगै मृतकको संख्या ७६ पुगेको छ । नेपाल प्रहरीका अनुसार, पञ्चकन्या गाउँपालिका–२ का लक्ष्मण राईको गएराति १२ बजे मृत्यु भएको हो ।

"राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थप एकजनाको निधन भएको छ । कुल मृतकको संख्या ७६ पुगेको छ," प्रहरी स्रोतले भन्यो । 

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा पठाइएको छ । प्रहरीका अनुसार, अझै पनि विभिन्न अस्पतालहरूमा घाईतेको उपचार जारी छ ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्