दशैंको मुखमै प्रहरीमा खुल्यो जागिर, कुन तहमा कति ?

शुक्रबार, असोज १०, २०८२

नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जवान र कार्यालय सहयोगी भर्नाको लागि दरखास्त आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै झण्डै १५ सय ९४ जना प्रहरी जवान पदको लागि दरखास्त आह्वान गरेको हो ।

जनपद प्रहरी जवानतर्फ एक हजार पाँचसय ५३, प्रहरी कार्यालय सहयोगी हजाम तर्फ ११, कुचीकारतर्फ १५ र खेलाडीतर्फ १५ पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही असोज १९ गतेदेखि आगामी कात्तिक २८ गतेसम्म निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्