Dashain Banner
Dashain Banner

दशैंको दिनबाहेक अन्य दिनमा अध्यागमन विभागले काम जारी राख्ने 

बिहीबार, असोज ९, २०८२

अध्यागमन विभागले बडादशैंको सार्वजनिक बिदाको अवधिमा दशैंको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ।

यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म यस विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो।

विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले एक सूचना प्रकाशित गरी यस अवधिमा हुने सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिएका हुन्।

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्