सोसल मिडिया
युनिकोड
जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट फरार भएका पूर्वसचिव टेकनारायण पाण्डे र भुटानी शरणार्थी प्रकरणमा संलग्न बेचन झा आफैं फर्किएर कारागार पुगेका छन् ।
पाण्डे मंगलबार साँझ कारागार फर्किएका हुन् भने एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापा पनि सोही दिन साँझ फर्किएका थिए। बुधबार बेचन झा पनि स्वयं उपस्थित भएर कारागारमा प्रवेश गरेका छन् ।
यसअघि सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भुटानी शरणार्थी काण्डमा संलग्न केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरी कारागारमा बुझाएको थियो। एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि केही दिनअघि स्वेच्छिक रूपमा फर्किएका थिए ।
२४ भदौमा ‘जेनजी’ आन्दोलनका क्रममा भएको कारागार तोडफोडपछि सुन्धारा कारागारका करिब ३,३०० कैदीबन्दी फरार भएका थिए ।