जवाङ खोलामा सुक्खा पहिरो, मुग्लिन काठमाडौँ सडक खण्ड पूर्ण अवरुद्ध

मंगलबार, असोज ७, २०८२

मुग्लिन काठमाडौँ सडक खण्ड पूर्ण अवरुद्ध भएको छ ।  गएराती धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा सुक्खा पहिरो गई बाटो दुईतर्फ अवरुद्ध भएको हो । 

पहिरो झर्ने क्रम निरन्तर रहेकाले हाललाई पहिरो हटाउने कार्य गर्न नसकिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले यात्रामा रहेका यात्रुलाई आफूलाई पायकपर्ने ठाउँमा सुरक्षित भएर लेन अनुशासन कायम गरी बसिदिन अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ०८:२२
प्रतिक्रिया दिनुहोस्