नेपाली आकाशमा नदेखिने सूर्यग्रहण, बार्नु पर्छ कि पर्दैन ?

आइतबार, असोज ५, २०८२

नेपाल पञ्चांग निर्णायक विकास समितिले आइतबार (असोज ५) लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यताअनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ ।

आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्रश्राद्ध गर्ने कि नगर्ने ? सुतक कति बजेदेखि लाग्छ ? लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दु धर्मावलम्बीले गरेकाले नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए ।

नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उनले बताए ।

आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहण न्युजिल्यान्ड, अस्ट्रेलिया, फिजी, टोंगा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्