सोसल मिडिया
युनिकोड
मुग्लिन–नारायणगढ सडकखण्ड अझै अवरुद्ध छ । पहिरोका कारण शुक्रबार (असोज ३) बेलुका करिब साढे ६ बजेदेखि यो सडक अवरुद्ध रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
उक्त सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेको हो । ढुंगा खस्ने क्रम निरन्तर भइरहेकाले पहिरो हटाउन समस्या भएको सडक डिभिजनले जनाएको छ ।
हाल मुग्लिन र नारायणगढ दुर्वतर्फबाट पहिरो हटाउने कार्य जारी छ । “थप पहिरो खस्ने क्रम रोकिएको खण्डमा कम्तीमा (शनिबार) साँझसम्ममा पहिरो हटाई सवारी आवागमन सुचारु गर्ने सम्भावना रहेको व्यहोरा अनुरोध छ,” सडक डिभिजनले भनेको छ ।