सोसल मिडिया
युनिकोड
राजधानीबाट दसैँ मनाउन गाउँ जानेको चहलपहल सुरु भएको छ । नयाँ बसपार्कलगायत बस छुट्ने स्थानमा घर जानेहरूको संख्या बढ्दै गएको छ ।
काम र अध्ययनको सिलसिलामा राजधानीमा रहेकाहरू दसैँ मनाउन घर फर्किन थालेका हुन् । यातयात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् ।
टिकट बुकिङ खुला नभएका कारण मानिसहरू यसपटक घटस्थापना अगाडिदेखि नै घर जान थालेका हुन् । जेनजी आन्दोलनका कारण देशमा उत्पन्न भएको राजनीतिक परिस्थितिले अधिकांश विद्यालय तथा क्याम्पस बिदा भइसकेका छन् ।
विद्यालय, क्याम्पस बिदा भएसँगै घर फर्किनेहरूको बसपार्कमा चहलपहल बढेको हो । गएका वर्षहरूमा यातयात व्यवसायीहरूले दसैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेका थिए । फूलपातीदेखि टीकाको दिनसम्मलाई दसैँको महत्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ ।
यसवर्ष दसैँको टीका असोजको १६ गते रहेको छ ।