Dashain Banner
Dashain Banner

सर्वोच्चले पाल टाँगेर थाल्यो बन्दीप्रत्यक्षीकरणको सुनुवाइ

बिहीबार, असोज २, २०८२

जेनजी आन्दोलनमा आगजनीले क्षतिग्रस्त भएको सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको सुनुवाइ थालेको छ। 

सर्वोच्च परिसरमा पाल टाँगेर बन्दीप्रत्यक्षीकरणको सुनुवाइ थालिएको हो। सपना मल्ल प्रधान र कुमार रेग्मीको अलग-अलग इजलासमा २ वटा निवेदनमाथि सुनुवाइ हुनेछ। 

यसअघि आइतबारदेखि नै बन्दीप्रत्यक्षीकरणको सुनुवाइ थाल्ने भनिएको भए पनि सुरु हुन सकेकाे थिएन्। 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्