Dashain Banner
Dashain Banner

आज आश्विन सङ्क्रान्तिको अवसरमा विश्वकर्मा पूजा

बुधबार, असोज १, २०८२

आज आश्विन सङ्क्रान्तिको अवसरमा विश्वकर्मा पूजा मनाइएको छ।

राजधानीको भद्रकाली मन्दिर परिसरमा श्रद्धालुहरूले आफ्ना सवारीसाधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको विधिपूर्वक पूजा आराधना गरेका छन्।

हरेक वर्ष जस्तै यस वर्ष पनि विभिन्न कलकारखानामा भगवान विश्वकर्माको मूर्ति वा तस्बिर स्थापना गरी पूजा गर्ने प्रचलन रहेको छ। पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाउने चलन छ।

विश्वकर्मा पूजामा कलकारखाना विशेष रूपमा सजाइन्छ र मजदुरसहित सबैले सहभागी भएर भगवान विश्वकर्माको पूजा गर्ने परम्परा छ।

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्