चाबहिलको चुच्चेपाटी भाटभटेनी सुपर स्टोरमा ६ वटा शव भेटियो 

आइतबार, भदौ २९, २०८२

चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोरमा ६ वटा शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार साँझ ती शव फेला परेका हुन् ।

डढेको कारण शव पहिचान भएको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

जेनजी आन्दोलनका क्रममा भाटभटेनीलगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी भएको थियो । प्रदर्शनकारीले भाटभटनीका २८ शाखामध्ये १३ वटा आगजनी र लुटपाट गरेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्