Dashain Banner
Dashain Banner

लुटिएका हतियार फिर्ता गर्न प्रहरीको आग्रह 

बिहीबार, भदौ २६, २०८२

नेपाल प्रहरीले भदौ २३ देखि २५ गतेसम्म भएको आन्दोलनका क्रममा प्रयोग गरिएका हातहतियार फिर्ता गर्न आग्रह गरेको छ । प्रहरीले टोल-फ्री नम्बर र मोबाइल नम्बर उपलब्ध गराई सम्पर्क गरेर हातहतियार बुझाउन आग्रह गरेको हो ।

आज जारी गरिएको सूचनाअनुसार टोल-फ्री नम्बर १६००११४१५१६ वा मोबाइल नम्बर ९८५१२९३४५९ मा सम्पर्क गर्न भनिएको छ । 

प्रहरीको पोशाक र हतियार दुवैको दुरुपयोग नगर्न प्रहरीले आग्रह गरेर सूचना हुने सर्वसाधारणलाई सूचना दिएर सहयोग गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्