लुटिएका हतियार फिर्ता गर्न प्रहरीको आग्रह 

बिहीबार, भदौ २६, २०८२

नेपाल प्रहरीले भदौ २३ देखि २५ गतेसम्म भएको आन्दोलनका क्रममा प्रयोग गरिएका हातहतियार फिर्ता गर्न आग्रह गरेको छ । प्रहरीले टोल-फ्री नम्बर र मोबाइल नम्बर उपलब्ध गराई सम्पर्क गरेर हातहतियार बुझाउन आग्रह गरेको हो ।

आज जारी गरिएको सूचनाअनुसार टोल-फ्री नम्बर १६००११४१५१६ वा मोबाइल नम्बर ९८५१२९३४५९ मा सम्पर्क गर्न भनिएको छ । 

प्रहरीको पोशाक र हतियार दुवैको दुरुपयोग नगर्न प्रहरीले आग्रह गरेर सूचना हुने सर्वसाधारणलाई सूचना दिएर सहयोग गर्न पनि आग्रह गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्