Dashain Banner
Dashain Banner

नाडा अटोमोबाइल्सको विशेष साधारण सभा स्थगित

बिहीबार, भदौ १९, २०८२

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यही भदौ २४ गतेका लागि तय भएको विशेष साधारण सभा स्थगित गरेको छ।

बिहीबार सूचना प्रकाशित गरी नाडाले आज (भदौ १९ गते) बसेको ‘नाडाको २२ औँ केन्द्रीय कार्य समितिको बैठकले यही २०८२ भाद्र २४ गते मङ्गलबार, द प्लाजा झम्सिखेल ललितपुरमा हुने भनिए‌को विशेष साधारण सभा अर्को सूचना प्रकाशित नभएसम्मको लागि सारिएको’ स्पष्ट पारेको छ। 

साथै, उपयुक्त समयमा अर्को सूचना पठाई विशेष साधारण सभा बोलाइने समेत नाडाका सम्पूर्ण सदस्यहरूलाई जानकारी गराइएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  २०:५६
प्रतिक्रिया दिनुहोस्