कसरी खोक्ने ? कसरी खकार्ने ? उपत्यका प्रहरीले के-के मा लगायो उर्दी ?

बिहीबार, भदौ १९, २०८२

शान्ति सुरक्षाको प्रत्याभूति गराउने र त्यसैलाई कायम गराउन हमेशा लागि पर्ने प्रहरीले त्यो बाहेकका कार्यको पनि निगरानी गर्ने भएको छ। कति सम्म भने खोक्ने र खकार्ने बिषयमा समेत प्रहरीले निगरानी बढाउने भएको हो। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एक अनौठो उर्दी जारी गरेको छ। ध्वनी कम गर्ने बाहनामा प्रहरीले बिहानै ठूलो आवाजमा खोक्न पनि नपाइने उर्दी जारी गरेको छ।

विभिन्न मानवीय क्रियाकलपाका कारण ध्वनि प्रदुषण उत्पन्न भएर गर्भवती महिला, वालबालिका, वृद्धवृद्धालाई असर पुग्ने भन्दै पाँच शिर्षकमा उर्दी जारी गरेको हो।

जसमा राति अबेर र बिहान सबेरै खाना नपकाउन पनि भनेको छ। किनभने प्रेसर कुकरको सिटी बजेपछि छिमेकीलाई असर पुग्ने प्रहरीको प्रक्षेपण छ।

फोन गर्दासमेत साना आवाजमा गर्नुपर्ने, अबेरसम्म ठूलो स्वरमा गफगाफ गर्न नपाइने, शौचालय गएपछि रातिमा फ्लस गर्दा ध्वनी कम गर्नुपर्नेलगायत अनौठा उर्दी प्रहरीले गरेको छ। अटेरी गरेमा ३ लाखसम्म जरिवाना हुनसमेत प्रहरीले भनेको छ।

हेर्नुहोस् उर्दीका थप व्यवस्था vally-police-urdi-768x1086-1756967599.jpg

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्