Dashain Banner
Dashain Banner

यताका प्रधानन्यायाधीशले डाकेपछि उताका प्रधानन्यायाधीश आजै हाजिर

बिहीबार, भदौ १९, २०८२

भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवई बिहीबार नेपाल आउँदैछन्। उनी अपराह्न ४ बजे काठमाडौँ आइपुग्नेछन्।​

गवई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको निमन्त्रणामा नेपाल आउन लागेका हुन्।

नेपालमा रहँदा उनी ‘नेपाल–इण्डिया ज्युडिसियल डाइलग’मा सहभागी हुनेछन्। डाइलग दुई दिन चल्ने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए

यससँगै पशुपतिनाथ, पाटन र लुम्बिनी भ्रमण गर्ने पनि उनको तालिका छ। 

गवईले २०२५ मे १४ मा भारतको ५२औँ प्रधानन्यायाधीशको रूपमा शपथ लिएका थिए। 

यसअघि भारतका तत्कालीन प्रधानन्यायाधीश डीवाई चन्द्रचूड पनि नेपालको तीन दिने औपचारिक भ्रमणमा सन् २०२४ को मेमा नेपाल आएका थिए।

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ०८:१७
प्रतिक्रिया दिनुहोस्