Dashain Banner
Dashain Banner

न्याय सेवाका आधा दर्जन कर्मचारी जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस

मंगलबार, भदौ १७, २०८२

न्याय परिषद्ले ६ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। न्याय परिषद्को मंगलबार बसेको बैठकले यो निर्णय गरेको न्याय परिषद्का सूचना अधिकारी सुमन पाण्डेले जानकारी दिए।

यी सबै न्याय सेवाका कर्मचारीहरू हुन्।

सिफारिस हुनेहरूमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता गोकुलबहादुर निरौला, प्रशासकीय अदालतका उपरजिस्ट्रार अरुणकुमार कोइराला, रोल्पा जिल्ला अदालतका स्रेस्तेदार कुलप्रसाद दाहाल, सर्वोच्च अदालतका इजलास अधिकृत सूर्यप्रसाद भण्डारी, सर्वोच्चकै उपरजिस्ट्रार अनुपमा पन्त, कानुन मन्त्रालयका उपसचिव विश्वदीप वेस्रा छन्।

जिल्ला अदालतमा हाल २७ न्यायाधीशका पद रिक्त छन्। तीमध्ये २१ जना न्याय सेवा आयोग (लोक सेवा आयोगमार्फत) खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन्।jc-decision-1756826068.png

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  २१:००
प्रतिक्रिया दिनुहोस्