विदेशी नागरिकलाई असोज १ गतेदेखि अध्यागमन विभागले डिजिटल निगरानीमा राख्ने 

मंगलबार, भदौ १७, २०८२

अध्यागमन विभागले काठमाडौँ उपत्यकाको तारे होटलमा बस्ने विदेशी नागरिकलाई असोज १ गतेदेखि डिजिटल ट्रयाकिङ गर्ने निर्णय गरेको छ। 

विभागले पहिलो चरणमा तारे होटलमा विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागु गर्नेछ। नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सुचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग गर्न दर्ता तथा अनुगमन प्रणालीको द्वार बनाईएको अध्यागमले जनाएको छ। 

कुनै विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि बुकिङ गरेको होटलमा जानुअघि विवरण इन्ट्री गरेर जानुपर्छ । विवरण इन्ट्री गरेपछि जेनेरेट हुने क्युआर कोडको आधारमा सेवा प्रदायक संस्थाहरूले विदेशी नागरिकको रेकर्ड विभागको अनलाइन प्रणालीमा पठाउनुपर्ने छ । विवरण इन्ट्री नगरेको अवस्थामा होटलहरुले विवरण भरेर अनलाइन प्रणालीमा पठाउनुपर्ने छ। 

दोस्रो चरणमा देशभरका तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी र मनी एक्स्चेन्जहरुमा लागु गर्ने विभागको योजना रहेको विभागका निर्देशक टीकाराम ढकालले बताए। होटल एसोसिएसन नेपालसँगको समन्वयमा विभागले कडिकडाउ गर्ने भएको हो। 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्