सोसल मिडिया
युनिकोड
संघीय संसद्अन्तर्गतका दुई विशेषगत समितिको बैठक आज (भदौ १५) बस्दै छ । राष्ट्रियसभा र प्रतिनिधिसभाअन्तर्गतका एक/एक समितिको बैठक बस्न लागेको हो ।
राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान ८ बजे बस्दै छ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची छ ।
प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा हाइड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको समस्याबारे वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिनेछ ।
सिंहदबारस्थित सम्बन्धित समितिको सभाकक्षमा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।