परोपकारमा लिप्त एसएस फाउन्डेसनले मधेशका विद्यार्थीलाई दियो झोला

शनिबार, भदौ १४, २०८२

परोपकार जस्तो अति पवित्र कर्ममा दत्तचित्त भएर लागि आएको एसएस फाउन्डेसनले शैक्षिक उन्न्यनमा टेको हाल्ने काम गरेको ।

समाजका हरेक क्षेत्रमा परोपकारी काम गर्दै आएको उक्त फाउन्डेसनले पछिल्लो पटक भदौ १४ गते शनिवार विद्यार्थीका लागि झोला सहयोग गरेर अर्को पुण्य गरेको छ ।

सुप्रसिद्ध कलाकार मदनदास श्रेष्ठ, मनकारी समाजसेवी तथा राजनीतिज्ञ सोभित उप्रेती लगायत सम्मिलित सो फाउन्डेशनले नमूना काम गर्दै आएको छ ।

मधेश प्रदेशको धनुषा जिल्लामा रहेको जनता आधारभुत विद्यालयका विद्यार्थीका लागि समाजसेवी उप्रेतीले झोला को व्यवस्था गरेका हुन् ।

सामाजिक र राजनैतिक व्यक्तित्व प्रेक्षा मल्ललाई हस्तान्तरण गरेर झोला विद्यालयमा पुर्याइने भएको हो । बत्तिस बत्तिसपुतली स्थित होटल तपसमा उक्त झोला हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्