Dashain Banner
Dashain Banner

परोपकारमा लिप्त एसएस फाउन्डेसनले मधेशका विद्यार्थीलाई दियो झोला

शनिबार, भदौ १४, २०८२

परोपकार जस्तो अति पवित्र कर्ममा दत्तचित्त भएर लागि आएको एसएस फाउन्डेसनले शैक्षिक उन्न्यनमा टेको हाल्ने काम गरेको ।

समाजका हरेक क्षेत्रमा परोपकारी काम गर्दै आएको उक्त फाउन्डेसनले पछिल्लो पटक भदौ १४ गते शनिवार विद्यार्थीका लागि झोला सहयोग गरेर अर्को पुण्य गरेको छ ।

सुप्रसिद्ध कलाकार मदनदास श्रेष्ठ, मनकारी समाजसेवी तथा राजनीतिज्ञ सोभित उप्रेती लगायत सम्मिलित सो फाउन्डेशनले नमूना काम गर्दै आएको छ ।

मधेश प्रदेशको धनुषा जिल्लामा रहेको जनता आधारभुत विद्यालयका विद्यार्थीका लागि समाजसेवी उप्रेतीले झोला को व्यवस्था गरेका हुन् ।

सामाजिक र राजनैतिक व्यक्तित्व प्रेक्षा मल्ललाई हस्तान्तरण गरेर झोला विद्यालयमा पुर्याइने भएको हो । बत्तिस बत्तिसपुतली स्थित होटल तपसमा उक्त झोला हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्