Dashain Banner
Dashain Banner

नापीका हाकिले बिगारे काम, श्रीमती सहित दुई छोरा पनि डामिए

शुक्रबार, भदौ १३, २०८२

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

उनीविरूद्ध ५ करोड ७९ लाख ६२ हजार ४४० रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनले निमित्त कार्यालय प्रमुख रहँदा माथिल्लो विभागीय प्रमुख र राजनीतिक व्यक्तिहरूलाई प्रभावमा पारी प्रमुख नापी अधिकृत (उपसचिव) कार्यालय प्रमुख रहने दरबन्दी रिक्त बनाइ,वैदेशिक अध्ययनमा गएका कर्मचारीको पद,दरबन्दी कायम गरी दसौँ वर्ष निमित्त कार्यालय प्रमुख पदमा रही सरकारी जग्गा प्लट मिलान गर्ने नाममा सार्वजनिक जग्गाहरू व्यक्तिको नामा पारी करौडाैँको आर्थिक चलखेल गरेको अनुसन्धानका क्रममा पाइएको आयोगको ठहर छ ।

उनका दुई छोरा र श्रीमती समेतलाई प्रतिवादी बनाईएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्