सोसल मिडिया
युनिकोड
सरकारले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको छ । अध्यक्ष सिफारिसका लागि सरकारले समिति बनाएको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा समिति बनाएको हो । समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल छन् ।
भदौ ९ गतेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो ।
यो समितिले अध्यक्ष सिफारिसका लागि सरकारलाई तीनजनाको नाम सिफारिस गर्छ र त्यसबाट सरकारले एकजनालाई अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ ।
यसअघिका अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेको थियो । ओझा बर्खास्त भएसँगै नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।