सोसल मिडिया
युनिकोड
लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका–६ रमितेडाँडामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
मृतकमा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियू सभापति २४ वर्षीय शिरिस बस्नेत र बैतेश्वर–३ का २६ वर्षीय श्याम बहादुर खत्री (सुजन) रहेका छन्।
प्रहरीका अनुसार बस्नेतले चलाएको बा.५३ प ८८९९ नम्बरको मोटरसाइकल लामोसाँघु–जिरी सडकखण्डमा बा.प्र.०२-०३४ प ३२४२ नम्बरको अर्को मोटरसाइकलसँग ठोक्किएको थियो। दुर्घटनामा घाइते भएका दुवै युवकलाई च्छोरोल्पा अस्पताल चरिकोट लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा उक्त मोटरसाइकलका चालक २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् र उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।