Dashain Banner
Dashain Banner

एमालेको केन्द्रीय कमिटी बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

मंगलबार, भदौ १०, २०८२

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ। विधान महाधिवेशनमा लैजाने प्रस्तावहरुमाथि छलफल गर्ने प्रयोजनका लागि १३ भदौमा बैठक तोकिएको थियो। तर अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको छ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार विधान संशोधन मस्यौदा माथि आएको सुझावहरु मिलाउनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

एमालेको दोस्रो विधान महाधिवेशन २०–२२ भदौमा तोकिएको छ । उक्त महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन मस्यौदा छपाइकै लागि समय लाग्ने भनेर १३ भदौमा बैठक बोलाइएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्