सोसल मिडिया
युनिकोड
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आगामी असोज १ गतेदेखि देशैभर सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली भाषा नै लोभ हुने राष्ट्रिय स्वाभिमान र राष्ट्रमाथि नै आँच आउने गरी यातायातका सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्न जारी गरेको सूचनामा आपत्ति जनाएको हो ।
"सरकार, प्रत्यक्ष सरोकार पक्षहरूबीचको छलफल सम्वादका बीच देखिएका अव्यवहारिक विषयहरूको संशोधन सुधारबिना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट सो इम्बोस्ड नम्बर प्लेट जडान नगर्नु हुन सबैमा हार्दिक अनुरोध छ," महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
जबरजस्ती रूपमा प्लेट जडान गर्न खोजिए परिस्थिति उपज हुने विरोध दबाबका थप गतिविधिप्रति स्वयम् यातायात मन्त्रालय मातहत निकायहरू नै जवाफदेही हुने जनाइएको छ ।