सोसल मिडिया
युनिकोड
नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच भेटवार्ता भएको छ।
भियतनामकी उपराष्ट्रपति सआन यादवको निमन्त्रणमा तीन दिने भ्रमणका लागि शनिबार नेपाल आएकी हुन्।
नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको अवसर पारेर सुआन नेपाल भ्रमणमा आएकी हुन्।
यादव र सआनबीचको भेटमा नेपाल भियतनाम सम्बन्धका विविध आयामका साथै द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको यादवको सचिवालयले जनाएको छ।
उनले शनिबार परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि शिष्टाचार भेटवार्ता गरेकी थिइन्।