Dashain Banner
Dashain Banner

शिक्षा विधेयकमाथि नमिलेका विषयको प्रतिवेदन समितिमा पेस

सोमबार, भदौ २, २०८२

शिक्षा विधेयकमाथि नमिलेका विषयबारे मिलाएर उपसमितिले तयार पारेको प्रतिवेदन प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पेश भएको छ।

समिति सचिवालयले आज(सोमबार) बसेको शिक्षा समिति बैठकमा उक्त प्रतिवेदन पेस गरेको हो।

शिक्षा समितिका सचिव दशरथ धमलाका अनुसार समितिले दिएको निर्देशन अनुसार प्रतिवेदन तयार गरिएको छ। दोहोरिएका विषय हटाइएको छ।

अध्ययनकाे लागि समिति सदस्यहरूलाई वितरण गरिएकाे छ। यतिखेर शिक्षा समिति बैठक चलिरहेको छ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्