राजेन्द्र लिङ्देनलाई साक्षी राखेर तीजका महिला लाई छमछमी नचाउने

आइतबार, भदौ १, २०८२

काठमाण्डौ क्षेत्र नम्बर एक एकता समाजको आयोजनमा भदौ २ गते तीज कार्यक्रम भव्यताका साथ मनाउने भएको छ ।

एस एस फाउण्डेसन र साहित्यिक पत्रकार समाज समेतको आयोजनामा हुने सो कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहनेछन् ।

चार जना अगुवा महिलालाई सम्मान गरिने आयोजक समितिका मूली वरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताए ।

तीजको मौलिकता जोगाउने गरिको रैथाने तीज कायक्रममा अध्यक्ष लिङ्देन लाई साक्षी राखेर विभिन्न तीज लक्षित कार्यक्रम संचालन हुने भएको छ ।

बिजुली बजार स्थित क्रिष्टल पार्टी प्यालेसमा भदौ २ गते २ बजे हुने कार्यक्रममा दुई सय बढीको सहभागिता रहने छ ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्