सोसल मिडिया
युनिकोड
साहित्यिक पत्रकार संघ ५३ वर्ष पूरा गरी ५४ औं वर्षमा प्रवेश गरेको छ ।
राजधानीको बत्तिसपुतली स्थित होटल तपसमा विहिवार भव्य कार्यक्रम गरी स्थापना दिवश मनाईएको छ ।
पूर्व अर्थमन्त्री समेत रहेका पूर्व सचिव वरिष्ठ साहित्यकार शंकर प्रसाद कोईराला ( एस्पी कोईराला ) को प्रमुख आतिथ्यमा साहित्यिक पत्रकार संघको ५४ औं स्थापना दिवस तथा अभिनन्दन समारोह सम्पन्न भएको हो ।
समारोहमा चलचित्र क्षेत्रको पहिलो नायिका अभिनेत्री भुवन चन्द, बरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठ, यौन साहित्यका प्रथम आख्यानकार पुष्कर लोहनी, साहित्यकार, कवि तथा अभियन्ता भीम उदास, बरिष्ठ चित्रकार मुकेश मल्ल र फोटोग्राफर तथा समाचार सम्प्रेषक प्रबिण थपलियालाई सम्मान तथा अभिनन्दन गरिएको थियो।
समाजका अध्यक्ष राधेश्याम लेकालीको स्वागत मन्तव्यबाट सुरू भएको उक्त समारोहमा बरिष्ठ समालोचक प्रमोद प्रधानले अभिनन्दित सबै महानुभावहरूको बिषयमा खोजपूर्ण र गहन मन्तव्य व्यक्त गर्नु गरेका थिए ।
समारोहमा अभिनन्दित महानुभावहरूका साथै बरिष्ठ कलाकार मदनदास श्रेष्ठ र प्रमुख अतिथिले आ-आफ्नो सारगर्भित मन्तव्य व्यक्त गरेका थिए।
साहित्यकार मुरारी सिग्देलले संचालन गरेको सो कार्यक्रममा उल्लेख्य उपस्थिती थियो।