बाधा अड्काउ फुकाऊ सहितका यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय

बिहीबार, साउन २९, २०८२

सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृति गरेको छ । मन्त्रिपरिषद्को साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

यस्तै बैठकले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोक्ने, सार्वजनिक खरिद ऐन, २०६३ अन्तरगत बाधा अड्काउ फुकाऊ आदेश जारी गर्नेसहितका १८ वटा निर्णय भएका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्