भूमि विधेयक माथिको छलफल स्थगित

बुधबार, साउन २८, २०८२

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज हुने भनिएको भूमि विधेयक माथिको छलफल स्थगित भएको छ । बिहान १० बजे भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदनमाथि छलफल गर्न बैठक राखिएको थियो । तर, स्थगित भयो ।

विधेयकको प्रतिवेदनमा छलफल चलिरहेकोले बैठक स्थगित गरिएको समिति सचिव शिवदत्त बरालले जानकारी दिए । यसअघि मंगलबारको बैठक पनि स्थगित भएको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेका थिए । उक्त विधेयकको मस्यौदा यसअघि नै समिति सदस्यहरूलाई वितरण गरिसकिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्