प्रधानमन्त्रीले भाद्र ३ देखि ८ गतेसम्म चल्ने १७औँ संस्करणको नाडा अटो शोको उद्घाटन गर्ने

सोमबार, साउन २६, २०८२

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी भाद्र ३ देखि ८ गतेसम्म आयोजना गर्ने १७औँ संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री ओलीसँग भेट गरी अटो शोको प्रमुख अतिथिको रूपमा उद्घाटन गरिदिन औपचारिक आग्रह गरेको थियो। प्रधानमन्त्री ओलीले सो आग्रहलाई सहर्ष स्वीकार गरेका छन्।

अध्यक्ष चौधरीले नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू तथा इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटीका समाधानहरू समावेश गरिने जानकारी दिए।

यस पटकको शोमा पहिलो पटक नेपालमा प्रदर्शन हुन लागेका ‘UNETREE Robots’ र ‘Deepal EVTOL UAV’ जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू मुख्य आकर्षण रहनेछन्।

भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती लगायतका पदाधिकारीहरूको पनि उपस्थिति थियो।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्