बालाजुस्थित गुरु नानक मठको सरसफाई, जीवित भू समाधि लिने को-को थिए ?

आइतबार, साउन २५, २०८२

काठमाडौँको बालाजुस्थित गुरु नानक मठको सरसफाई गरिएको छ। आज आईतबार उप्रेती समाजसेवा समितिको संयोजनमा ऐतिहासिक र धार्मिक महत्व बोकेको उक्त माताको सरसफाई गरिएको हो। 

उक्त मठमा आज भन्दा ४१८ वर्ष अगाडी विस १६६४ मा तीन जना महायोगीले जीवित भू समाधि लिएको ईतिहास छ। एकै दिन तीनजना योगीले समाधि लिएको दुर्लभ संयोग सोही स्थानमा भएकोले पनि उक्त मठको महत्व बढेको छ। 

तीन जना महायोगी मध्येका गोथलराम दासजी महाराजले पनि समाधि लिएको अभिलेखमा उल्लेख छ। गोथलराम दासजी महाराज उप्रेती वंशमा जन्मिएकाले पनि उप्रेती समाजसेवा समितिले सो स्थानको सरसफाई अभियान संचालन गरेको समितिका अध्यक्ष सोभित उप्रेतीले बताए। सरसफाई कार्यक्रममा कलाकार, पत्रकार, प्रहरी सहित स्थानीयको समेत सहभागिता थियो। 

जीवित भू समाधि लिने को-को थिए ?

महायोगी श्री ब्रम्हहरि दासजी महाराजको जन्म वि.स. १४३२ बैशाख पूर्णिमाका दिन पूर्वी नेपालको सोलुखुम्बुमा भएको मानिएको छ। कतिपयले उहाँको जन्म भोजपुरमा भएको दाबी गरेका छन्। उहाँले वि.स.१६६४ मा २३२ वर्षको उमेरमा जीवित समाधि लिएको अभिलेखमा उल्लेख छ। उहाँले आफू सहित आफ्ना अन्य दुई जना शिष्यलाई पनि संगै जीवित समाधिमा सहभागी गराउनु भएको थियो। 

उहाँ संगै जीवित समाधि लिनेमा महायोगी श्री यथिराम दासजी महाराज र महायोगी श्री गोथलराम दासजी महाराज पनि हुनुहुन्थ्यो। महायोगी श्री यथिराम दासजी महाराजको जन्म वि.स. १५११ को शिवरात्रीका दिन भएको थियो। उहाँलाई केहीले कुइकेल वंशमा र केहीले निरौला वंशमा जन्म भएको दाबी गर्ने गरेका छन्। उहाँका बुबाको नाम चाँही मनोरथ उपाध्याय भएको अभिलेखमा उल्लेख छ। जीवित समाधि लिँदा उहाँ १५३ वर्षको हुनुहुन्थ्यो। 

जीवित समाधि लिने अर्का सिद्द पुरुष महायोगी श्री गोथलराम दासजी महाराजको जन्म चाँही उप्रेती कुलमा भएको थियो। उहाँको जन्म वि.स. १५१७ को जनै पूर्णिमामा भएको थियो। उहाँले १४७ वर्षको उमेरमा जीवित समाधि लिनु भएको थियो। तीनै जना महायोगीहरुले वि.स. १६६४ मा एकैदिन काठमान्डू बालाजु स्थित हालको नानक मठमा जीवित समाधि लिनुभएको अभिलेखमा उल्लेख छ।sarsafai-1754808145.jpg

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्