Dashain Banner
Dashain Banner

साउन २५ गते आईतबार सार्वजनिक विदा

बिहीबार, साउन २२, २०८२

बागमती प्रदेश सरकारले साउन २५ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरी गाईजात्राको अवसरमा बिदा दिने निर्णय गरिएको जनाएको छ।

‘बागमती प्रदेश राजपत्रको खण्ड ८० संख्या ३२ प्रदेश राजपत्र भाग ३ मिति २०८१।१२।२१ गते प्रकाशित सूचना बमोजिम यही मिति २०८२।०४।२५ गते आइतबार गाईजात्राको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’ सूचनामा भनिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्