चार सय अठार बर्ष अघि तीनजना महायोगीले समाधि लिएको स्थानको सफाई गरिने

बिहीबार, साउन २२, २०८२

काठमाण्डौको बालाजु विष्णुमती पुलको सम्मुखमा रहेको ऐतिहासिक तपोभूमिको सरसफाई अभियान चलाईने भएको छ ।

नानक मठका रूपमा परिचित उक्त स्थलको सरसफाई साउन २५ गतेदेखि गरिने भएको हो । आध्यात्मिक चेतका समाजसेवी शोभित उप्रेतीको पहलमा सो धामको सफाई हुने भएको हो । आगामी आईतबार बिहान सातबजे देखि नौ बजेसम्म सफाई गरिने भएको हो।

सातसय बर्षदेखि उक्त तपोभूमिमा अखण्ड ज्योती पनि प्रज्वलित छ । विसं १६६ ४ मा एकसाथ तीनजना महायोगीले जिवित भू समाधि लिएको दुर्लभ संयोग समेत सोही स्थलमा भएको छ । यो विश्वमै भएको हालसम्मको पहिलो समाधि हो।1754540628086-1754540851.jpg

महायोगी श्री ब्रम्हहरि दासजी महाराजको जन्म वि.स. १४३२ बैशाख पूर्णिमाका दिन पूर्वी नेपालको सोलुखुम्बुमा भएको मानिएको छ। कतिपयले उहाँको जन्म भोजपुरमा भएको दाबी गरेका छन्। उहाँले वि.स.१६६४ मा २३२ वर्षको उमेरमा जीवित समाधि लिएको अभिलेखमा उल्लेख छ। उहाँले आफू सहित आफ्ना अन्य दुई जना शिष्यलाई पनि संगै जीवित समाधिमा सहभागी गराउनु भएको थियो। 

उहाँ संगै जीवित समाधि लिनेमा महायोगी श्री यथिराम दासजी महाराज र महायोगी श्री गोथलराम दासजी महाराज पनि हुनुहुन्थ्यो। महायोगी श्री यथिराम दासजी महाराजको जन्म वि.स. १५११ को शिवरात्रीका दिन भएको थियो। उहाँलाई केहीले कुइकेल वंशमा र केहीले निरौला वंशमा जन्म भएको दाबी गर्ने गरेका छन्। उहाँका बुबाको नाम चाँही मनोरथ उपाध्याय भएको अभिलेखमा उल्लेख छ। जीवित समाधि लिँदा उहाँ १५३ वर्षको हुनुहुन्थ्यो। 

जीवित समाधि लिने अर्का सिद्द पुरुष महायोगी श्री गोथलराम दासजी महाराजको जन्म चाँही उप्रेती कुलमा भएको थियो। उहाँको जन्म वि.स. १५१७ को जनै पूर्णिमामा भएको थियो। उहाँले १४७ वर्षको उमेरमा जीवित समाधि लिनु भएको थियो। तीनै जना महायोगीहरुले वि.स. १६६४ मा एकैदिन काठमान्डू बालाजु स्थित हालको नानक मठमा जीवित समाधि लिनुभएको अभिलेखमा उल्लेख छ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्