गृहमन्त्रीले दुई सहसचिवलाई यताउता पारे

मंगलबार, साउन २०, २०८२

गृहमन्त्री रमेश लेखकले दुई सहसचिवको जिम्मेवारी हेरफेर गरेका छन् । नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा कार्यरत सहसचिव आनन्द काफ्लेलाई रिक्त रहेको सुरक्षा तथा समन्वय महाशाखाको प्रमुखको जिम्मेवारीसहित मन्त्रालयको प्रवक्ता तोकिएको छ ।

यस्तै, केही दिन अघि मात्र अध्यागमन विभागबाट गृह मन्त्रालयमा सरुवा भएका सहसचिव गोविन्द प्रसाद रिजाललाई नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ।

अध्यागमनमा रामचन्द्र तिवारी पुगेको सातादिन मात्र पुगेको छ । मन्त्रालयका अर्का सहसचिव विष्णु प्रसाद कोइरालालाई गुल्मीको सिडिओमा खटाइएको छ। 

 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १८:४१
प्रतिक्रिया दिनुहोस्