सोसल मिडिया
युनिकोड
रैथाने नेपाली खानाको संरक्षण र सम्वर्द्धन गर्न भोजनलिपी स्वाद अभियान संचालन गरिएको छ ।
पाँचौ संस्करण अन्तरगतको कार्यक्रम देशकै प्रमुख प्रशासनिक केन्द्र सिहदरवारमा गरिएको छ । सिंहदरवारको केन्द्रीय चमेनागृहमा आयोजना गरिएको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । रैथाने खाना अन्तर्रगत नेपाली परिकार सवै पाइन्छ । देशैभरको उत्पादन प्रयोग गरेर रैथाने खान्की मात्र पाइने अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए ।
सोमवारको सिंहदरवार केन्द्रीत अभियानमा दुईसय बढी सहभागी थिए । अभियानमा उर्जामन्त्री दीपक खड्का उपस्थित भएर उर्जा प्रदान गरेका थिए। अभियानलाई देशव्यापी बनाइने संयोजक सापकोटाले बताए ।