सोसल मिडिया
युनिकोड
संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिको बैठक भाँडिएको छ ।
कुलिङ पिरियडमा दुईबुँदे बटम लाइन राखेर विपक्षी दलहरू बाहिरिएका हुन् ।
सोमबार बिहानैदेखि छलफलमा जुटेका समिति सदस्यहरूमध्ये नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका छन् । यसले थप अन्योल सिर्जना गरेको छ ।
उनीहरूले राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने र मुख्यसचिवसहित उच्चपदस्थ कर्मचारीले पदीय आचरणअनुकूल कार्य नगरेको किटान गर्नुपर्ने अडान राखेका थिए । सो विषयमा सत्तापक्ष सहमत नभएपछि बैठक भाँडिएको हो ।
सत्तापक्षले कर्मचारीले गरेको काममा राजनीतिक व्यक्तित्वले विश्वास गरेको तर्कमा अडान राखेका छन् ।