भोटेकोशीमा भीषण बाढी, सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई आग्रह

बुधबार, साउन १४, २०८२

रसुवाको भोटेकोशी नदीमा गएराति अर्को भेलबाढी आएको छ।

भोटेकोशीमा भीषण बाढी आएको छ। बुधबार बिहान ३ बजेदेखि आएको बाढीका कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ। रसुवा र नुवाकोटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई आग्रह गरेका छन्।

गएको असार २४ गते ल्हेन्दो खोलामा भेलबाढी आएको थियो। त्यतिबेला ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा सुप्राग्ल्यासियर ताल विस्फोट हुँदा भेलबाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो ।

त्यसबाट केरूङ नाकाको मितेरी पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका गाडीहरू पुरेको थियो । त्यस्तै स्याफ्रुबेशीदेखि केरूङसम्म पुग्ने बाटो कटान गरेको थियो । मर्मत गरिएको यो सडक अहिले फेरि विच्छेद भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्