Dashain Banner
Dashain Banner

दुई वर्षअघिको निर्णय कार्यान्वयनको माग गर्दै ज्यालादारी कर्मचारीले दिए धर्ना

मंगलबार, साउन १३, २०८२

दुई वर्षअघिको निर्णय कार्यान्वयनको माग गर्दै नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिले प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ।

धर्नामा सहभागी कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका थिए। संघर्ष समितिका अनुसार, प्राधिकरण सञ्चालक समितिको २०७९ साउन ३१ गते बसेको ९४९औं बैठकले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई मासिक ज्यालादारीमा रूपान्तरण गर्ने निर्णय गरिसकेको थियो। सो निर्णय कार्यान्वयन गर्ने विषयमा पटक–पटक सहमति र सम्झौता भए पनि अहिलेसम्म कार्यान्वयन नभएको समितिको गुनासो छ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्