सोसल मिडिया
युनिकोड
महालेखा परीक्षक तोयम रायाले मन्त्रालयका सचिवहरुलाई लेखा परीक्षण कसरी हुन्छ भनेर सिकाउनुपर्ने जरुरी देखिएको बताएका छन्।
सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले सचिवहरुले त्यत्तिकै लेखियो, छलफल नै भएन, प्रक्रिया मिलाउनै गाह्रो भयो जस्ता गुनासो गरेको भन्दै यसबारेमा सचिवहरुलाई सिकाउन जरुरी देखिएको बताएका हुन्।
सचिवहरूले आफै प्रक्रिया बनाउने र आफै प्रक्रिया मिलाउनै गाह्रो भयो भन्न नमिल्ने उनको भनाइ छ। सूचनामा नै करको प्रतिशत नै तोकेर लेख्नुभन्दा प्रचलित कानूनबमोजिम कर लाग्ने भन्ने भाषा प्रयोग गर्न सचिवहरुसँग आग्रह गरे।
उनले भने, ‘मैले के ठानेँ भने लेखा परीक्षण गर्दा के–के गर्दै छौँ भन्ने विषयहरु सचिवज्युहरुलाई जानकारी गराउनैपर्ने ठानेँ। त्यत्तिकै लेखियो, छलफल नै भएन। यो त प्रक्रिया मिलाउनै गाह्रो भयो। यस्ता प्रश्न गर्ने हो कि होइन मलाई थाहा भएन। प्रक्रिया कसले बनाएको? प्रक्रिया हामीले बनाएको हो। होला मन्त्रीज्युहरुले सदर गर्नुभयो होला क्याबिनेटमा सदर भयो होला तर लेख्ने त हामी हौँ। पुयाउनै नसक्ने प्रक्रिया किन लेखेको? प्रक्रिया पुर्याउनुपयो भने त ६० प्रतिशत बेरुजु हुन्छ। यस्ता यस्ता कार्यविधि देखेको छु। अन्तिममा यसको प्रतिवेदन अनुगमन परीक्षकले अन्तिम लेखा परीक्षण गर्दा गर्नेछ, यो किन लेखेको? त्यो लेख्नुभएको छ। त्यही बुँदा पक्रिएर बेरुजु देखिएको छ।’
महालेखा परीक्षक रायाले २०७२ साल अघिका बेरुजु खारेज गर्नु उचित हुने बताए।