पाँचवटा संसदीय समितिको बैठक, के-के छन् एजेन्डा ?

मंगलबार, साउन १३, २०८२

संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखासमिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । 

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भने छैन । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि संशोधन दर्ता गराएका सांसदसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ । 

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदसँग छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान ११ बजे बस्नेछ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।

सार्वजनिक लेखा समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको उपस्थितिमा सरकारका सबै सचिवसँग छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

विधायन व्यवस्थापन समिति बैठकमा  ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल गरिने कार्यसूची छ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । 

सार्वजनिक नीति था प्रत्यायोजित विधायन समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०७:१८
प्रतिक्रिया दिनुहोस्