न्यायाधीश बन्नै नपाई घर गएका सर्वोच्चका मुख्य रजिष्ट्रार ढकालको भब्य बिदाइ

सोमबार, साउन १२, २०८२

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल अवकाशमा गएका छन् । उनी आइतबारदेखि ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका हुन् । उनी २०८० पुसमा मुख्य रजिस्ट्रार नियुक्त भएका थिए ।

सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलका अनुसार उनलाई आइतबार सर्वोच्चमा एक कार्यक्रमको आयोजना गरी बिदाइ गरिएको थियो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित अन्य न्यायाधीश तथा कर्मचारीहरूले ढकाललाई बिदाइ गरेका थिए ।

यसअघि मुख्य रजिष्ट्रार भएकाहरूलाई न्यायाधीश नियुक्ति गरिएको थियो । ढकाललाई पनि न्यायाधीशमा नियुक्ति दिनुपर्ने भन्दै लबिइङसमेत भएको थियो । ढकाललाई न्यायाधिश बनाउन प्रवक्ता एवं सहरजिस्ट्रार अच्युत कुँइकेल अध्यक्ष रहेको न्यायपालिका अधिकृत समाजले प्रधानन्यायाधीश राउतसहितलाई ध्यानाकर्षण गरेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्